-इरानका २३ बीमा कम्पनीमा ह्याकिङ -१६ करोड ग्राहकको व्यक्तिगत विवरण बिक्रीमा

Logo
Red FM बिहिबार, पुष १२, २०८०

इरानमा विभिन्न बीमा कम्पनीका १६ करोड ग्राहकको व्यक्तिगत सूचना ह्याक भएको छ ।

इरानका २३ वटा बीमा कम्पनीका १६ करोड ग्राहकको व्यक्तिगत विवरण अज्ञात ह्याकर समूहले ह्याक गरी बिक्रीमा राखेको तथ्य सार्वजनिक भएको हो ।

ह्याकरले उक्त विवरणहरुको मूल्य ७५ हजार अमेरिकी डलर तोकेको अन्तरराष्ट्रिय मिडियाहरुले जनाएका छन् । इरानको लिकेज ट्रयाकिङ प्रणाली(लिक्फा) ले ह्याकहरुको दाबीलाई पुष्टि गरेको हो । ग्राहकको व्यक्तिगत विवरण एक्सपर्ट इन्फरमेसन टेक्नोलोजिस्ट(फानाभारान) को प्रणाली ह्याक गरी चोरी भएको हो ।

ह्याकरले उक्त विवरणहरु डार्क वेभमार्फत बिक्रीमा राखेको जनाइएको छ ।

बिक्रीमा राखिएको ग्राहकहरुको विवरणमा नाम,राष्ट्रिय परिचय नम्बर,जन्ममिति,ठेगाना,जिप कोड र मोबाइल नम्बर रहेका छन् । ह्याकीङको रिपोर्ट सर्वप्रथम गत अगस्ट महिनामा टेलिग्रामले सार्वजनिक गरेको थियो ।

ह्याकिङको रिपोर्ट सार्वजनिक भएपश्चात फानाभारानले आफ्ना वेभसाइटमा इन्टरनेटको पहुँचलाई ब्लक गरेको छ ।

इरानको नियामक सेन्ट्रल इन्स्योरेन्स कम्पनी(सीआईसी) ले भने ह्याकिङको घटनालाई अस्वीकार गर्दै खण्डन गरेको छ ।

यद्यपी गत सेप्टेम्बरमा इरानका अर्थमन्त्रिले सीआईसीका प्रमुख मजिद बेहजाडपोरलाई बर्खास्त गर्दै अलि ओस्ताज हसेमीलाई नयाँ जिम्मेवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356