काठमाडौँ — ओलम्पियाकोज युरोपेली फुटबलको उपाधि जित्ने पहिलो ग्रिक क्लब भएको छ । उसले बुधबार भएको युरोपा कन्फ्रेन्स लिगको फाइनलमा फियोरेन्टिनालाई १–० लाई पराजित गर्यो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा प्रवेश गरेको थियो । त्यसकै १ सय १६ औं मिनेटमा मोरक्कोका स्ट्राइकर अयोब एल काबीले निर्णायक गोल गरे ।
यसअघि सन् १९७१ मा ग्रिकको प्याथानाइकोज नै युरोपियन कपको फाइनल पुगेको थियो, तर त्यसमा आयाक्ससँग पराजित भएको थियो । सन् २०२१ देखि सुरु भएको युरोपा कन्फ्रेन्स लिग युरोपली क्लब फुटबलको तेस्रो ठूलो प्रतियोगिता हो ।