विराटनगर — कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकाले छानबिन समिति गठन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । कांग्रेसले संघीय संसद्मा समेत यही माग राखिरहेको बेलामा भातृ संगठन पनि सडकमा उत्रिएको हो । प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेको छ ।
गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा ओलीले पनि जोगाउन खोजेको, गिरीबन्धु चिया बगानको जग्गाको सम्बन्धमा एमाले अध्यक्ष ओली दोषी रहेको आरोप पनि नेविसंघका कार्यकर्ताहरूले लगाएका छन् ।