इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Logo
Red FM बुधबार, जेठ ०२, २०८१

काठमाडौँ — इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ । नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे ।

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे । यो जितपछि पेप ग्वार्डिओलाको सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ ।

लिगमा अब एकै चरणका खेल मात्र बाँकी छ । अन्तिम चरणको खेलमा सिटीले वेस्ट ह्यामको सामना गर्नेछ भने आर्सनल एभर्टनसँग भिड्नेछ । अन्तिम खेलमा विजयी रहे, सिटीलाई अर्को खेलमा आर्सनलको नतिजाको कुनै अर्थ रहने छैन । अहिलेसम्म इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा कुनै टिमले लगातार चार पल्ट लिग उपाधि जितेको इतिहास छैन ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356