हैदरावादको दस विकेटको जित

Logo
Red FM बिहिबार, बैशाख २७, २०८१

हैदरावाद — ओपनर ट्रेभिस हेड र अभिषेक शर्मा दुवैले नटआउट अर्धशतक बनाएपछि सनराइज हैदरावादले आईपीएल २०२४ मा बुधबार लखनउ सुपर जायन्टसलाई अविश्वसनीय रूपमा दस विकेटले पराजित गरेको छ । यो जितले हैदरावादको प्ले–अफ सम्भावना पनि बलियो बनेको छ ।

जितका लागि १ सय ६६ रनको लक्ष्य पछ्याएका हैदरावादका लागि हेडले ८९ र अभिषेकले ७५ रन बनाए । उनीहरूले १०.२ ओभरको खेल बाँकी छँदै जित आफ्नो टिमको नाममा लेखाए । अभिषेकले आठ चौका र छ छक्का प्रहार गरे ।

यस्तै हेडले समान आठ आठ चौका र छक्का प्रहार गरे । त्यस अगाडि लखनउले चार विकेटमा १ सय ६५ रन बनाएको थिाये र त्यसमा आयुश बडोनीले सर्वाधिक ५५ रन बनाएका थिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356