चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

Logo
Red FM बुधबार, बैशाख २६, २०८१

विराटनगर — चितवन निकुञ्ज क्षेत्रमा एकै दिन बाघ र गैंडा मृत भेटिएका छन् । मंगलबार निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा रहेकाे नवलपरासी कावासाेती-१५ काे गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैंडा मृत भेटिएकाे छ । गैंडाकाे खाग र खुर सुरक्षित छ ।

मंगलबार नै निकुञ्ज कार्यालय र निकुञ्जमा तैनाथ नेपाली सेनाकाे नयाँ गाेरख गणकाे संयुक्त गस्तीले निकुञ्जभित्र भिमपुर क्षेत्रमा एउटा पाटे बाघ मृत फेला पारेकाे छ । साे बाघ पनि अन्य घटना दुर्घटनाले भन्दा पनि प्राकृतिक कारणले मरेकाे संरक्षण अधिकृत तिवारीले बताए ।

चितवन निकुञ्ज नेपालमा एकसिंगे गैंडा र पाटे बाघकाे मुख्य बासस्थल हाे । याे आर्थिक वर्षमा हालसम्म निकुञ्ज र यसकाे मध्यवर्ती क्षेत्रमा २१ गैंडा र ६ वटा पाटे बाघकाे मृत्यु भइसकेकाे संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356