प्रधानमन्त्री दाहाल मुल्कोटमा

Logo
Red FM बुधबार, बैशाख २६, २०८१

विराटनगर — प्रधानमन्त्री पुष्पकमल दाहाल सुनकोसी मरिण डाइभर्सन सुरुङ ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमका लागि सिन्धुलीको मुलकोट आइपुगेका छन् ।

नेपाली सेनाको हेलिकोप्टर चढेर साँझ प्रधानमन्त्री दाहाल मुल्कोट आइपुगेका हुन् । मुल्कोटस्थित क्वालिटी बिच रिसोर्टमा बसेका दाहालले साँझै नजिकै रहेको सुनकोशी गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुसँग भेटी समस्याहरुका बारेमा जानकारी लिएका थिए ।

बुधबार बिहान दाहालले सिन्धुली र रामेछापका अगुवा कार्यकर्ता भेट गरी अपराह्न सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको सुनकोशी मरिण डाइर्भसन सुरुङको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356