ला लिगा : रियलले जित्यो कीर्तिमानी ३६औं उपाधि

Logo
Red FM आइतबार, बैशाख २३, २०८१

काठमाडौँ — रियल म्याड्रिडले शनिबार कीर्तिमानी ३६ औं पल्ट स्पेनी ला लिगाको उपाधि जितेको छ । जिरोनाले बार्सिलोनालाई ४–२ ले हराएपछि रियलले उपाधि जित्ने निश्चित भएको हो ।

 

ला लिगा : रियलले जित्यो कीर्तिमानी ३६औं उपाधि

अंक तालिकामा रियल निर्णायक रूपमा अगाडि रह्यो ।लिगमा चार चरणका खेल बाँकी छन् र उसको ८७ अंक भएको छ । रियलले सुरुमा काडिजलाई ३–० ले हराएको थियो । त्यस लगतै बार्सिलोना पराजित भएपछि उपाधिको छिनोफानो भएको हो ।

जिरोना ७४ अंकमा दोस्रो तथा बार्सिलोना ७३ अंकमा तेस्रो स्थानमा रह्यो । जिरोनाको यो जितपछि उसले अर्को सिजन पहिलो पटक युरोपेली च्याम्पियन्स लिग खेल्ने पनि निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356