काभ्रेको बेथानचोकमा एक घर जल्यो

Logo
Red FM आइतबार, बैशाख २३, २०८१

विराटनगर— काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–६ स्थित भुग्देउमा विद्युत् सर्ट आगजनी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिबार राति १०:४५ बजे स्थानीय सुदीप ओझाको घरमा विद्युत् सर्ट भई आगजनी हुँदा पूर्ण रूपमा क्षति भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

उनका अनुसार शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान २:३० बजे स्थानीय, जनप्रतिनिधिको प्रयासमा निभाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगलागीबाट पीडित परिवारको २० लाख बराबारको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट पीडित परिवारलाई पालिकाबाट राहत वितरण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356