चौथो मारवाडी क्रिकेट लिग हुने

Logo
Red FM शुक्रबार, बैशाख २१, २०८१

विराटनगर — नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा वैशाख २२ देखि विभिन्न सहरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता हुने भएको छ ।

संगठनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर विराटनगर, काठमाडौं र भैरहवामा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । जेठ ५ सम्म हुने प्रतियोगितामा देशका बिभिन्न भागमा रहेका मारवाडी समुदायका २६ युवा मञ्चको रहने बताइएको छ ।

नेपाल मारवाडी क्रिकेट लिग ४ का संयोजक गोपाल अग्रवालका अनुसार संगठन अन्तर्गतका १५ मञ्चबाट १४ टिम तयार गरेर प्रतियोगिता गरिने छ । प्रतियोगिताका सेमिफाइनल र फाइनल काठमाडौंको मूलपानी क्रिकेट मैदानमा खेलाइने छ । विजेताले ७५ हजार र उपविजेताले ४१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालनमा करिब १६ लाख खर्च हुने अनुमान आयोजकको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356