नयाँ बर्षको अघिल्लो दिन सुनको मूल्यमा नयाँ रेकर्ड

Logo
Red FM शुक्रबार, चैत्र ३०, २०८०

काठमाडौं । २०८० सालको अन्तिम दिन आज सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356