विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री दाहाल

Logo
Red FM शुक्रबार, चैत्र ३०, २०८०

विराटनगर — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट डेजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारी र कार्यकारी सदस्यको समेत उपस्थिति थियो ।

भेटमा प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताए । विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने उनको प्रतिबद्धता छ । सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न उनले आग्रहसमेत गरे ।

यसैबीच अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताए । नेपाल र भारतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई उनले आश्वासन दिए । नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने उद्योगमन्त्री भण्डारीले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सीआईआई टोली काठमाडौं आएको छ । पुरी वार्षिक साधारणसभामा मुख्य वक्ता छन् । प्रतिनिधिमण्डलमा भारतका ६ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृतसमेत छन् । भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफूखुसी भएको बताए ।

भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको र नेपाल सरकारसँग सहजीकरणको उनले माग गरे । महासंघमा रहेको एफडीआई हेल्प डेस्कमार्फत महासंघले आवश्यक सबै सहयोग उपलब्ध गराउने महासंघका अध्यक्ष ढकालले बताए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356