सिमरा गोल्डकप : एपीएफ सेमिफाइनलमा

Logo
Red FM शुक्रबार, चैत्र ३०, २०८०

विराटनगर — एपीएफ क्लब सिमरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार फ्रेन्ड्स क्लबविरुद्ध २–० ले पछि पार्‍यो । तीव्र हावाहुरीले बिहीबार स्थगित भएको फुटबल प्रतियोगिता शुक्रबार बिहान सिमरा रंगशालाको मैदानमै भएको हो । निर्धारित समयको बाँकी ३२ मिनेटको खेलमा एपीएफ विजयी भएका हुन् ।

फ्लड लाइटमा एपीएफ र फ्रेन्डस क्लबबीच खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि साँझ ५८ मिनेटपछिको खेल स्थगित गरी शुक्रबार बिहान बाँकी खेल खेलाउने निर्णय गरेका थिए । मिनेटमा खेल स्थगित हुँदा दुवै टिम बराबरी (०–०) मा थियो ।

५८औं मिनेटबाट पुनः सुरु भएको खेलको ७३औं मिनेटमा एपीएफका बुद्धिमान राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउन सफल भएका थिए । अनिश महर्जको कटब्याकमा बुद्धिमान राईले पेनाल्टी बक्स बाहिरबाटै जोडदार बलप्रहार गरेका थिए । बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने प्रयास नै गर्न पाएनन् ।

१–० ले पछि परेको फ्रेन्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपीएफले आफ्नो अग्रता दोब्बरले कायम राख्न सफल भयो । एपीएफका अनिश महर्जनको प्रहार क्लियर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो ।

एपीएफको जितसँगै जितपुर सिमरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग शनिबार हुने सेमिफाइनल खेल्नेछ । शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिरहाको सलहेश युवा क्लबबीचमा पहिलो सेमिफाइनल खेल हुँदैछ । खेलको म्यान अफ द म्याच एपीएफका बुद्धिमान राई घोषित भए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356