लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय हो : पूर्वराष्ट्रपति भण्डारी

Logo
Red FM बिहिबार, चैत्र २९, २०८०

विराटनगर — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको बताएकी छिन् ।

बिहीबार कान्तिपुर पब्लिकेसन्स लिमिटेद्वारा आयोजित ‘निर्भीक नारी’ कार्यक्रममा विद्वत् प्रवचनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताका आधार तय गर्नका लागि महिला र पुरुष दुवैको उत्तिकै भूमिका हुने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले अहिले पनि धेरै मुलुकमा एकाध महिला मात्र उच्च नेतृत्वमा पुग्न सकेको बताइन् ‘महिला आन्दोलन विकसित नभएकै बेला पनि धेरै पहिले नै भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशमा महिलाहरू उच्च नेतृत्वमा पुग्न सफल भएका थिए । त्यसले पनि महिला आन्दोलनमा निकै भूमिका खेलेको छ,’ उनले भनिन् ।

प्राप्त उपलब्धिहरूको रक्षा गर्दै पूर्ण समानुपातिक प्रणालीको बाटोमा जानुपर्ने पनि पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356