तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

Logo
Red FM बिहिबार, चैत्र २९, २०८०

विराटनगर— स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख छ हजार छ सय रुपैयाँ निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेको छ ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३६ हजार एक सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३५ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356