गण्डकीमा मन्त्रालय फुटाइने

Logo
Red FM बिहिबार, चैत्र २९, २०८०

विराटनगर— गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाउने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय छ ।

मुख्यमन्त्रीसँगै रहेको आन्तरिक मामिला मन्त्रालय र सामाजिक विकाससँग रहेको स्वास्थ्य मन्त्रालय फुटाएर नौ पुर्‍याउन लागिएको सरकारका प्रवक्ता हरिबहादुर चुमानले बताए । मंगलबार बसेको मन्त्रपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेको उनले बताएका छन् । उनले सोही दिन नै मन्त्रालय थप गर्ने निर्णय संघमा सिफारिस गरिएको बताएका छन् । सरकारमा भाग लिने दललाई भागबन्डा मिलाउनको लागि मन्त्रालय टुक्र्याउन लागिएको हो ।

यसअघि मुख्यमन्त्री बनेका अधिकारीले १२ बाट मन्त्रालय घटाएर सातमा झारेका थिए । स्वतन्त्र सांसद, माओवादी केन्द्रको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समर्थन रहेपछि उनको नियुक्ति विवादित बनेको छ ।

यस्तै, मन्त्रिपरिषद्ले मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356