सुकुम्वासी टोलबाट लागुऔषध सहित चार कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरपालिका वडा नं-०९ सिनामंगल स्थित सुकुम्वासी टोलबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा बुझाइएको उनले बताए। प्रहरीका अनुसार लागुऔषध नुरफिन २४ एम्पुल, डाइजापाम ९५ एम्पुल, फेनरागन ४७ एम्पुल, पोल्याण्ड १ के.जि. ९८० ग्राम सहित करिब चार लाख बराबर नगद समेत बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरु उपर लागुऔषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चितवन भरतपुर-६ का ५१ वर्षीय लक्ष्मी परियार, कैलाली धनगडी उपमहानगरपालिका-१२ का ३५ वर्षीय ईन्द्र बहादुर साउँद, दोलखाकी ३४ वर्षीय सृजना बि.क, काठमाडौँ-९ की ५१ वर्षीय मिना बस्नेत पक्राउ परेका हुन जिल्ला प्रहरी परिसरका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।
प्रहरीले उक्त स्थानमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचना पाएको थियो। सोही सूचनाका आधारमा प्रहरीले उनीहरूको घरमा खोजतलास गर्दा लागु औषध फेला परेको हो।