‘विश्वविद्यालय अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बन्नुपर्छ’

Logo
Red FM बुधबार, पुष ११, २०८०

काठमाडौंको पकनाजोलस्थित पिल्पस क्याम्पसले बयालीसाैं वार्षिकोत्सव मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाए पनि स्थिति साह्रै निराशाजनक नभएको बताए।

‘नेपालमा साक्षरताको दरको तुलना गर्दा उच्च शिक्षा दिने संस्थाको आवश्यकता अझै देखिन्छ,’ थापाले भने, ‘राजनीतिक संक्रमण पाँच दशकदेखि लम्बिएकाले शिक्षा क्षेत्रमा असर देखिएको हो।’

अहिले काठमाडौं विश्वविद्यालयले भारतमा योगको कक्षा चलाइरहेको र निकट भविष्यमा अस्ट्रेलियाको सिड्नी तथा हङकङमा पनि कक्षा चलाउने तयारी गरिरहेको जानकारी दिंदै थापाले अबका दिनमा विश्वविद्यालय अन्तराष्ट्रिय रूपमा प्रतिस्पर्धी बन्नुपर्ने आवश्यकता रहेको बताए।

नेपाली विद्यार्थी यहाँको शैक्षिक दुरावस्थाले होइन बरु आर्थिक सुरक्षाका कारण विदेशिएको तर्क गर्दै नेपाली शिक्षा ध्वस्त भएको मान्न नमिल्ने धारणा क्याम्पसका सञ्चालक समिति सदस्य प्राध्यापक त्रिरत्न मानन्धरले राखे।

‘रोजगारी सिर्जना गर्ने कार्यमा सरकार र शैक्षिक संस्थाले सहकार्य गर्न जरुरी छ,’ मानन्धरले भने।

पिपल्स क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रमोदराज शर्माले क्याम्पसका कुनै पनि समस्या सामूहिक रूपमा छलफल गरेर समाधान खोज्ने गरिएको बताए।

उनले अन्य क्याम्पसको तुलनामा पिपुल्समा विद्यार्थी संख्या उल्लेख्य रहेको दाबी गर्दै अनुसन्धानात्मक शिक्षामा क्याम्पसले जोड दिएको बताए। त्यसका लागि अनुसन्धान सेल नै गठन गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356