प्रतापपुरमा आगलागीबाट ५ घर कच्ची घर जले

Logo
Red FM बुधबार, चैत्र २८, २०८०

विराटनगर— पश्चिम नवलपरासीको प्रतापपुरमा आगलागीका कारण ५ वटा कच्ची घर जलेर नष्ट भएको छ । प्रतापपुर गाउँपालिका-६ गुठीमा गएराति मनोज पालको घरमा आगलागी हुँदा अन्नपात र लत्ता कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिजुली सर्ट भएर लागेको आगो छिमेकी ४ जनाको घरसम्म फैलिएको हो । आगलागीको कारण अन्नपात र लत्ता कपडासहित शम्भु बनियाँको गोठमा रहेको एउटा भैसी जलेर मरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । कच्ची फुसको घर भएकाले क्षति भएको र आगो नियन्त्रणमा कठीनाइ भएको थियो । यसैगरी प्रतापपुर गाउँपालिका-६ कै रेतामा मच्छड मार्ने धुपबाटको आगो कमल एरको गोठमा सल्किँदा भण्डारण गरेर राखिएको १ सय २० केजी तोरी, १ सय केजी चामल र लत्ता कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356