२७ चैत्र सुनसरीको चतरामा आजदेखि महाकुम्भ मेला सुरु हुँदै । चैत २७ गते देखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने पूर्ण महाकुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै छन्।

Logo
भोजराज घिमिरे मंगलबार, चैत्र २७, २०८०
तस्बिर भोजराज घिमिरे

२७ चैत्र सुनसरीको चतरामा आजदेखि महाकुम्भ मेला सुरु हुँदै । चैत २७ गते देखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने पूर्ण महाकुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै छन्।


महाकुम्भ मेलाको उद्घाटनको पूर्वसन्ध्यामा सोमबार कलशयात्रा गरिएको छ। चतराबाट सुरु भएको कलशयात्रा धरानको पिण्डेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरी इटहरी, विराटचोक हुँदै विराटनगर पुगेर त्यहाँबाट दुहबी, इनरुवा हुँदै प्रकाशपुरबाट रामधुनी भएर चतरामै आएर टुंगिएको थियो।नेपालमा पहिलो पटक २०५९ सालको चैत्रशुक्ल प्रतिपदा अर्थात् चैत ६ गतेदेखि वैशाख शुक्ल तृतीयासम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो। जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो।
चतराधाममा २०६३/६४ सालमा दोस्रो कुम्भ, २०७०/७१ मातेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला लागेको थियो। कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास रहेको छ। बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा महाकुम्भ मेला र ६/६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356