सशस्त्र प्रहरी बल नेपालको भण्डार महाशाखा अन्तर्गत रहेको केन्द्रिय स्टोरको काठमाडौं बलम्बुस्थित गोदामघरमा लागेको आगो नियन्त्रणमा आएको छ।।

Logo
भोजराज घिमिरे मंगलबार, चैत्र २७, २०८०
तस्बिर भोजराज घिमिरे।

सशस्त्र प्रहरी बल नेपालको भण्डार महाशाखा अन्तर्गत रहेको केन्द्रिय स्टोरको काठमाडौं बलम्बुस्थित गोदामघरमा लागेको आगो नियन्त्रणमा आएको छ।। प्रारम्भिक रुपमा विद्युत सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ । विस्तृत छानविन गरी प्रतिवेदन पेश गर्नका लागि कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा नौँ सदस्यीय आन्तरिक छानविन समिति गठन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सोमवार अपराह्न ४ः ५० बजेतिर आगलागी भएकोमा विभिन्न स्थानहरूबाट खटिएको दमकल र पानी ट्याङ्करको सहायतामा आगो आज बिहान २ बजेतिर मात्रै नियन्त्रणमा लिईएको हो।
जिन्सी सामान टेन्ट तथा लत्ताकपडाहरु राख्ने गोदामघर भएकोले के के कति मात्रामा क्षति भयो भन्ने कुरा विस्तृत अध्ययनपछि मात्रै के के कति मात्रामा क्षति भयोअध्ययनपछि मात्र था हुने बताइएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356