सुनको मूल्य तोलामा छ सय रुपैयाँले बढ्यो

Logo
Red FM सोमबार, चैत्र २६, २०८०

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय रुपैयाँ तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा एक हजार छ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356