लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा पुन

Logo
Red FM सोमबार, चैत्र २६, २०८०

विराटनगर — लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी बिनाविभागीय मन्त्री दिपेन्द्रकुमार पुन मगरलाई दिइएको छ । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षमा बसेको पहिलो बैठकले पुनलाई जिम्मेवारी दिएको हो ।

प्रवक्ता पुन रोल्पा रोल्पा १ (२) बाट निर्वाचित सांसद हुन् । २०७९ को चुनावमा पार्टीले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका पुनले कांग्रेस–माओवादीसहितको गठबन्धनका उम्मेदवार कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका थिए । चुनाव जितेको केही समयपछि उनी माओवादीमा फर्किएका थिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356