फाइनलअघि नेपालको हार ।

Logo
Red FM शनिबार, चैत्र २४, २०८०

विराटनगर —नेपाली राष्ट्रिय क्रिकेट टोली गुजरातको भापीमा भइरहेको एसएमएस फ्रेन्डसिप कपमा त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा लगातार तीन खेल जितेर फाइनलमा पुगिसकेको थियो । डबल राउन्ड रोबिन लिगको शुक्रबारको अन्तिम खेल नतिजाको हिसाबले नेपाललाई कुनै अर्थ राख्दैनथ्यो ।

नेपालले बरोदाविरुद्धको अन्तिम लिग खेलमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, सोमपाल कामी र अविनाश बोहरालाई आराम गर्न दिएको थियो । नतिजा नेपालले त्यहीअनुसार पाएको छ । यसअघिका तीनै खेल हारेको बरोदाले नेपाललाई ३७ रनले हराएको छ ।

शाश्वत रावतको ३१, ध्रुव पटेलले १४ बलमा समान २ चौका र छक्कासहित २९, अमित पासीले २६ र मोहित मोंगियाले २२ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको बरोदाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५६ रन बनायो । नेपालबाट गुलशन झाले ४ ओभरमा २९ र करणले ४ ओभरमा ३५ रन खर्चेर २–२ तथा आकाश चन्द, प्रतिश जिसी र ललित राजवंशीले १–१ विकेट लिए ।

 

जबाफमा नेपाल १८.५ ओभरमा १ सय १९ रनमा अलआउट भयो । सन्दीप जोराले ५६ रन बनाए । उनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कुशल भुर्तेल १६, अनिल साह र गुलशन १–१, कप्तान दीपेन्द्रसिंह ऐरी २, विवेक यादव १७, कुशल मल्ल ३, करण शुन्य, प्रतिश ६, आकाश २ रनमा आउट भए । ललित १ रनमा अविजित रहे । प्लेयर अफ द म्याच बरोदाका ध्रुवले ३.५ ओभरमा १६ र लक्षित तोक्सियाले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए ।

 

नेपाल र गुजरातबीच आइतबार फाइनल हुनेछ । गुजरातले ४ मध्ये दुई खेल जितेको थियो । दुवै खेल टोलीले बरोदाविरुद्ध जितेको हो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356