सेफिल्डलाई हराउँदै लिभरपुल फेरि शीर्षमा

Logo
Red FM शुक्रबार, चैत्र २३, २०८०

काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुछारको सेफिल्ड युनाइटेडलाई ३–१ ले हराउन बिहीबार संघर्ष गर्नु परेको छ । तर यो जितपछि लिभरपुल शीर्ष स्थानमा भने उक्लेको छ । उसको ७० अंक भएको छ र यो दोस्रोमा रहेको आर्सनलमाथि दुई अंकको अग्रता हो ।

सेफिल्डलाई हराउँदै लिभरपुल फेरि शीर्षमा

खेल बराबरीतर्फ अग्रसर भएको स्थितिमा लिभरपुलका लागि एलेक्स म्याक एलिस्टरले ७६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्त्यतिर कोडी गाक्पोले गोल थपे ।

बिहीबारकै अर्को खेलमा चेल्सीले म्यानचेस्टरमाथि सनसनीपूर्ण ४–३ को जित रच्यो । कोल पाल्मरले दोस्रो हाफको इन्ज्युरी समयमा दुई गोल गर्दै चेल्सीलाई यो पुर्नआगमन जित दिलाएका हुन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356