लुम्बिनीमा जसपाका दुई, एस र स्वतन्त्रका पनि मन्त्री बन्दै

Logo
Red FM शुक्रबार, चैत्र २३, २०८०

विराटनगर— लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएसँगै माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार बन्दैछ । बिहीबार लुम्बनी प्रदेश सभाको विशेष अधिवेशनलाई सम्बोधन गरेर राजीनामा दिएका चौधरीले इमेल मार्फत प्रदेश प्रमुख कहाँ राजीनामा पठाएपछि नयाँ सरकार निर्माण प्रक्रिया अघि बढेको छ ।

प्रदेशमा एमाले–माओवादीको सत्ता गठबन्धनमा जसपालाई दुई मन्त्रालय, नेकपा एसलाई एक र सरकारमा बहुमत पुर्‍याउन सहयोग गर्ने नवलपसारी २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेतलाई पनि मन्त्री बनाउने दलहरुबीच लिखित सहमति भएको छ ।

मुख्यमन्त्री चौधरीको नेतृत्वको सरकारमा जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर कृषि मन्त्री थिए ।

नेकपा समाजवादीकी सांसद भगवती अधिकारी र सरकारका लागि बहुमत पुर्‍याउन सहयोग गर्ने बस्नेत पनि मन्त्री बनाउन माओवादी संसदीय दलका नेता महरा, एमाले दल नेता लिला गिरी, जसपा दल नेता भण्डारीलाल अहिर, नेकपा एसका दल नेता भगवती अधिकारी र स्वतन्त्र सांसद खड्क बस्नेतले ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

जसपालाई कृषि, भूमि व्यवस्था र सहरी विकास तथा पर्यटन मन्त्रालय दिने सहमति भएको छ । अधिकारी र बस्नेतको मन्त्रालय टुंगा लागेको छैन ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356