विपत्ति थप्दै जथाभावी खनिएका सडक गएको ६ वर्षयता पहिरो जाने क्रम दोब्बरले बढेको छ, वातावरणीय अध्ययनबिनै अन्धाधुन्ध खनिएका सडकका कारण पहिरोलगायत विपत्जन्य क्षति बढेको ह

Logo
Red FM शुक्रबार, चैत्र २३, २०८०
विराटनगर — कालीकोटस्थित नाग्म बजारदेखि हिमा नदी किनारैकिनार उत्तर लागेपछि जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पर्ने बारकोटेबाडा गाउँ पुगिन्छ । रूख, बुट्यान र घारीले छोपिएको जमिनमा झट्ट हेर्दा ठूलो पहिरो देखिँदैन । डेढ वर्षअघि यही गाउँमा पहिरोमा पुरिएर दुई परिवारका सात जना एकै चिहान भए । सडकबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो । १२ परिवारको यो बस्तीमाथिको जमिन आउँदो मनसुनमा पहिरो जान ठिक्क परेजसरी धाजा फाँटेर चिराचिरा परेका छन् ।

गत वर्ष असोज १९ देखि २४ सम्म लगातार वर्षात भयो । २०७९ असोज २२ मा पहिरोले बारकोटेका दुई घर पुरिए । भारतमा जडीबुटी र कम्बल बेच्ने सिजनल काम गरेर घर खर्च टार्ने श्रीमान्लाई सोही पहिरोले घरसँगै निलेपछि सबै जिम्मेवारीको भार १९ वर्षीया सम्झनाको थाप्लामा आइलागेको छ । एकातिर श्रीमान् गुमाएको एकल जीवन र अर्कातिर सडकले उजाड बनाएको जिन्दगीको गाडी सकी नसकी धकेल्नुपर्ने सकसपूर्ण दैनिकी उनको नियति बनेको छ । ‘श्रीमान् भया भए यो दुःख हुँदैन थियो,’ उनले भनिन्, ‘रोड काटेको पहिरोले श्रीमान् लग्दियो, हामी बाँचेकालाई बिचल्ली बनायो ।’ सम्झना तीन वर्षको छोरा र अपांगता भएकी सासूको रेखदेख गर्दै छिमेकीको घरमा ओत लागेकी छन् ।

बस्तीदेखि तीन सय मिटरमाथि सिंचाइ कुलो छ । दुई वर्षअघि डोजर लगाएर खनिएको ग्रामीण सडकले कुलोमा क्षति पुर्‍यायो । ‘यताको भूगोल उसै कमजोर छ, डोजर लगाएर झन् खुकुलो भयो, पानी परिरह्यो, कुलोको पानी हाम्रैतिर बग्यो, त्यसले पहिरो ल्यायो,’ स्थानीय डम्बरबहादुर शाहीले भने । सडक निर्माण हुँदाका ५ नम्बरका पूर्ववडाध्यक्ष बिर्ख खत्रीका अनुसार वडासँग समन्वय नै नगरी ठेकेदार लगाएर डोजरले रोड काटेकाले समस्या आएको हो । ‘रोड काटेर फालेको माटो वर्षामा गल्यो,’ उनले भने, ‘त्यही माटो भत्किएर अहिले क्षति भयो ।’ बस्ती नजिकैको चट्टान पनि पहिरोले खस्न थालेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356