सुनसरीमा बुधवार दिउँसो गोली प्रहार गरेर एक व्यक्तिमाथि लुटपाट

Logo
Red FM बिहिबार, चैत्र २२, २०८०

सुनसरीमा बुधवार दिउँसो गोली प्रहार गरेर एक व्यक्तिमाथि लुटपाट ।
हरिनगरा गाउँपालिका-२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रुपैयाँ नगद दिउँसो २:१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार अन्सारीमाथि इनरुवा नगरपालिका-९ र हरिनगरा-३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको प्रारम्भिक जानकारी आएको छ ।
अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थिए। गोली पड्किएको जस्तो आवाज सुनेपछि बाटैमा मोटरसाइकल रोकेको बेला पारी अर्को मोटरसाइकलमा आएका ३ जना व्यक्तिले साथमा भएको पैसाको झोला लुटेर फरार बनेको प्रहरीले जनाएको छ ।

प्रहरीले ठाउँ ठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356