संसदीय छानबिन समिति बनाउन कांग्रेसको अल्टिमेटम आगामी बैठकसम्म समिति बनाउन सरकार तयार नभए संसद् अवरुद्ध गर्ने चेतावनी

Logo
Red FM बिहिबार, चैत्र २२, २०८०

काठमाडौँ — सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन कांग्रेसले संसद्बाट सरकारलाई अल्टिमेटम दिएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी बैठकसम्म समिति नबनाए संसद्को कामकारबाही नै अवरोध गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वार्थ बाझिने गरी लामिछानेलाई गृहमन्त्री बनाएदेखि कांग्रेसले उनीमाथि छानबिन हुनुपर्ने भन्दै संसदीय छानबिन समितिको माग उठाउँदै आएको छ । गृहमन्त्रीले बोल्ने, विधेयक प्रस्तुत गर्ने कार्यसूचीबाहेकमा अवरोध नगरेको कांग्रेसले अब भने संसद् नै ठप्प पार्ने चेतावनी दिएको हो । ‘हामीले गृहमन्त्रीको राजीनामा मागिरहेका छैनौं । सुन प्रकरणमा जस्तो न्यायिक जाँचबुझ आयोगको माग गरिरहेका छैनौं । प्रमुख प्रतिपक्ष दलको तर्फबाट मात्रै बोलिरहेका छैनौं, ५० हजारभन्दा बढी सहकारीपीडित नागरिकको तर्फबाट बोलिरहेका छौं,’ शर्माले भने, ‘सरकार आउँदो बैठकमा संसदीय छानबिन समिति लिएर आओस् । त्योभन्दा दायाँबायाँ हुनेवाला छैनौं ।’

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356