शुक्रवार र शनिवार दुईदिन विराटनगरमा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएका वोमेन एक्स्पो २०८० को तयारी पूरा भएको छ ।

Logo
भोजराज घिमिरे बुधबार, चैत्र २१, २०८०
तस्बिर भोजराज घिमिरे

महिलाहरुको उत्पादनलाई प्राथकितामा राखेर गर्न लागिएको वोमेन (महिला) एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

चैत्र २३ र २४ दुईदिन विराटनगरमा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएका वोमेन एक्स्पो २०८० को तयारी पूरा भएको पत्रकार सम्मेलनमा  जानकारी गराइएको छ ।

करिब ४ लाख रुपैयाँको लगानीमा विराटनगरको अतिथि सदनमा आयोजना हुने सो वोमेन एक्स्पोमा विभिन्न वस्तुहरुका ४२ वटा स्टलहरु निःशुल्क वितरण र ६० वटा स्टलहरु शुल्क   राखिने जानकारी दिनू भयो।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गर्न लागेको सो वोमेन (महिला) एक्स्पोको विभिन्न जिल्लाका महिलाहरुले उत्पादन  सामग्रीहरुको प्रवदर्शनी गर्नुका साथै बजार प्रवर्द्धन र विक्री वितरण गरिने नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिकी संयोजक रचना राठीले जानकारी दिनू भयो ।

सिद्धार्थ बैंक मुख्य प्रायोजक रहेको सो प्रदर्शनीमा संखुवासभा, पाँचथर, धनकुटा, ताप्लेजुङ, तेह्रथुम ,हुम्ला, जुम्ला,, झापा, मोरङ र सुनसरी गरी १० जिल्लाका कपडा,कृषिजन्य, तथा उपभोग्य सामान, हस्तकला र पर्यटन प्रवर्द्धन सम्बन्धी स्टलहरु राखिने बताइएको छ ।

उपभोक्ताहरुमा नयाँ स्वदेशी वस्तु र प्रविधिको पहिचान गराउने र महिला रोजगारी बढाउने विश्वास गरिएको सो प्रदर्शनी करिब २०  हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २५ लाख रुपैयाँ बराबरको कारोबार हुने  बताइएको छ ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356