कोशी प्रदेशमा ‘ए लेभल कोर्ष’ संचालन हुँदै,उर्लाबारी वर्ल्ड एकेडेमी संचालनमा आउदै

Logo
Red FM आइतबार, चैत्र १८, २०८०

विराटनगर । १२ कक्षा सरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) संसारभर व्यवहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिन्छ । ए लेभल अध्ययनपछि नेपालसहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको छ ।

काठमाडौं गएर पढ्नु पर्ने उक्त कोष अब कोशी प्रदेशको उर्लाबारीमा संचालन हुने भएको छ । उर्लाबारी-६ स्थित सिमाना बस्तीमा रहेको उर्लाबारी वर्ल्ड एकेडेमीले आगामी शैशिक सत्रबाट क्याम्ब्रिज विश्व विद्यालयको ए लेभल संचालन गर्न लागेको हो ।

उत्कृष्ट अन्तराष्ट्रिय स्तरको भौतिक पूर्वाधार, अत्याधुनिक ल्याब र अन्तराष्ट्रिय शिक्षण विधिको अनुभव प्राप्त शैक्षिक समुहको संलग्नतामा कलेज संचालन हुन लागेको हो ।

ए–लेभल कक्षा सञ्चालन गर्ने प्राविधिक साधन, प्रयोगशाला, पुस्तकालय, सभाकक्ष इत्यादिको सदुपयोग गरी सिर्जनात्मक सोचाई तथा अन्य सिप बढाउने उदेश्यसहित इडुटेक ग्रुप नेपालले उक्त कलेज संचालन गर्न लागेको जनाएको छ ।

विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट पठनपाठन हुने र नेपालको अध्ययनपछि विश्वका अन्य ठाउँमा जाँदा सहजै अध्ययन गर्न पाइने हुँदा विद्यार्थीहरु ए लेभलप्रति आर्कषित छन् । क्याम्ब्रिज युनिभर्सिटीले हरेक २/२ वर्षमा कोर्षको अद्यावधिक गर्ने गर्छ ।

त्यसरी अद्यावधिक भएको कोर्षलाई कसरी पढाउने भन्ने विषयमा पनि ब्रिटिस काउन्सिलले समन्वय गरेर तालिम दिने काम गर्छ । त्यही तालिम लिएका शिक्षकहरुले नै स्कुल तथा कलेजमा पढाउने कलेजले जनाएको छ । कलेजले भर्ना हुने विद्यार्थीहरुलाई विभिन्न वर्कसप, अन्तराष्ट्रिय भ्रमणको अवसर, तालिम लगायतका अवसरहरु दिएर अन्तरास्ट्रिय स्तरका विद्यार्थीसंग प्रतिष्पर्धा गर्न सक्ने बनाउने लक्ष्य लिएको छ ।

कलेजमा साइन्स र नन साइन्सका कोर्ष गर्न सकिने र उक्त कोर्षमा ३ देखि ५ लाख शुल्कमा सबै कोर्ष सकिने पनि कलेजले जनाएको छ । एसइई दिएका विद्यार्थीहरुले उक्त कोर्षमा भर्ना हुन पाउनुका साथै कलेजले छात्रवृत्तिको समेत व्यवस्था गरेको दाबी गरेको छ।

परम्परागत घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक शिक्षा दिनु यो पाठ्यक्रमको उद्देश्य भएको कलेजका अध्यक्ष डा.ऋषिकेश वाग्लेले जानकारी दिए ।

एडुटेक नेपाल ग्रुप , क्रितिका एजुकेशन फाउन्डेशनको सहकार्यमा उक्त कलेज सञ्चलनमा आउन लागेको हो ।

काठमाडौं विश्वविद्यालय र उर्लाबारी वर्ल्ड एकेडेमीबिच विश्वविद्यालयको ल्याब स्कुलको रुपमा उर्लाबारी वर्ल्ड एकेडेमी सञ्चालन गर्ने सम्झौता भएको छ ।

यो सम्झौता पछि काठमाडौं विश्वविद्यालयले यस विद्यालयमा विभिन्न शिक्षण तालिम, विद्यार्थीको क्षमता विकासको लागि विभिन्न परियोजना साथै काठमाडौं विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु समेत प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356