अर्थतन्त्र संकटमा छैन : प्रधानमन्त्री दाहाल

Logo
Red FM शुक्रबार, चैत्र १६, २०८०

विराटनगर — प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । शुक्रबारदेखि हेटौंडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका हुन् । ‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले धेरै सुधार भइसक्यो,’ उनले भने ।

अर्थतन्त्र संकटमा छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘स्रोत सुनिश्चितता नगरी धेरै योजना अगाडि बढाइएको रहेछ । अहिले हामीले योजना पूर्ण रूपमा सम्पन्न भएको आयोजनाको भुक्तानी दिइसकेका छौं,’ उनले भने । प्रधानमन्त्री दाहालले स्रोत सुनिश्चिता नभएका योजना निर्माण व्यवसायीसँगको सहमतिमा काम अगाडि नबढाउने बताए ।

निर्माण व्यवसायीमैत्री कानुन निर्माण गरिने र सार्वजनिक खरिद नियमावली संशोधन गरिने प्रधानमन्त्री दाहालले बताए । ‘अहिले सदन सञ्चालनमा छैन । वन ऐन संशोधन गरी विकासमैत्री बनाइनेछ,’ उनले भने । प्रधानमन्त्री दाहालले सम्झौताबमोजिमको काममा गुणस्तरीयता कायम गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै अन्यथा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356