एक विद्यार्थीले दिए, प्रहरी हिरासतबाटै एसईई

Logo
Red FM शुक्रबार, चैत्र १६, २०८०

विराटनगर – एक विद्यार्थी प्रहरी हिरासतमै माध्यमिक शिक्षा परीक्षा(एसईई) मा सहभागी भएका छन् ।

बागमती-२ धरहरा निवासी १६ वर्षीय ती विद्यार्थीले ईलाका प्रहरी कार्यालय हरिवनकाे हिरासतबाटै एसईईमा सहभागिता जनाएका हुन् । ज्ञानज्याेति आवासिय विद्यालय नयाँराेडमा अध्यनरत उनकाे महेन्द्र मावि कर्मैयामा परीक्षा केन्द्र थियाे । आत्महत्या दुरुत्साहन मुद्दामा दुई सातादेखि प्रहरी नियन्त्रणमा रहेका उनले विहिबारबाट सूरु भएकाे एसईईमा हिरासतबाटै सहभागीता जनाएका हुन् ।

परीक्षा केन्द्र महेन्द्र माविका १ जना प्रतिनिधि राखेर उनलाई एसईई दिने व्यवस्था मिलाईएकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356