एमाले अध्यक्ष ओली भन्छन् : देशभर नै लालकिल्ला बनाउनुपर्छ

Logo
Red FM बिहिबार, चैत्र १५, २०८०

विराटनगर— नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रूपमा रहने दाबी गरे । उनले लालकिल्लामा कसैलाई हात हाल्न दिन नहुने बताए ।

‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ । आजको होइन हो, यो ०४८ सालको सुरुको लालकिल्ला हो । यो लालकिल्लामा कसैले हात हाल्न दिनु हुँदैन । हात हाल्ने कुचेष्ठा नगरे हुन्छ । यो लालकिल्ला हो, लालकिल्ला रहन्छ । राखिन्छ लालकिल्लाका रूपमा । गल्तीले जितेर गएकाहरुको माथि भूमिका हेर्नुस् त कस्तो छ । नचाहिने काम गरेका छन् । यो मात्रै होइन, अब त हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ । देशैभरि लालकिल्ला,’अध्यक्ष ओलीले भने ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356