काठमाडौंको मौसम बिग्रिँदा जनकपुर विमानस्थलमा ४ जहाज होल्ड

Logo
Red FM बिहिबार, चैत्र १५, २०८०

विराटनगर— काठमाडौंको मौसम बिग्रिँदा जनकपुर विमानस्थलमा बिहीबार बिहान ४ वटा जहाज होल्ड भएका छन् । मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेको ३ वटा जहाजलाई भने जनकपुर विमानस्थलमा डाइभर्ट गरिएको छ ।

भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसक्दा जनकपुर विमानस्थलमा अवतरण गरिएको छ । जनकपुर विमानस्थलका प्रमुख भिमदत्त पन्तका अनुसार विराटनगरबाट काठमाडौंका लागि उडेको यति एयरलायन्सको जहाज पनि जनकपुर विमानस्थलमै डाइभर्ट गरिएको छ । यस्तै काठमाडौंबाट उडेको बुद्ध एयरको माउन्टेन फ्लाइट पनि जनकपुर विमानस्थलमा ल्याइएको छ ।

जनकपुरका लागि काठमाडौं उडनुपर्ने बुद्ध एयरको अर्को जहाज पनि जनकपुर विमानस्थलमै छ । विमानस्थल प्रमुख पन्तका अनुसार काठमाडौंको मौसममा सुधार भइरहेकाले केहीबेरमा सबै जहाज काठमाडौंका लागि उड्नेछ । जनकपुरको मौसम पनि धुम्म छ । पन्तका अनुसार जनकपुरको मौसम धुम्म रहे पनि जहाज अवतरण र उडान गर्ने भिजिबिलिटी छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356