यो सरकार लामो समय टिक्दैन : महामन्त्री थापा

Logo
Red FM बिहिबार, चैत्र १५, २०८०

विराटनगर — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट संवाद यात्रालाई निरन्तरता दिएका छन् । पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गरेका हुन् ।

संवाद यात्रा सुरु गर्दै थापाले जनतामा देखिएको निराशाको कारण र प्रत्यक्षरुपमा सर्वसाधारणको समस्यालाई नजिकबाट नियालेर समाधानको योजना बनाउने बताए । जनताको आधारभूत आवश्यकतामा राजनीति नगर्ने विषयमा सरकार र प्रतिपक्ष दुवै सहमत हुनुपर्ने उनको भनाइ थियो ।

वर्तमान सरकार लामो समय नटिक्ने बताउँदै जनताको आधारभूत आवश्यकताको विषयमा राजनीति नगर्न आग्रह गरे । ‘अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ,’ उनले भने, ‘राजनीतिलाई जनचाहनाअनुसार सेवा गर्ने भन्दा पनि कुर्ची र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको सरकार पनि लामो समय टिक्नेवाला छैन् ।’

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशव कुमार बुढाथोकीको निधन भएपछि महामन्त्री थापाले स्थगित गरेका थिए । दोस्रो चरणको संवाद यात्रामा बिहीबार नवलपरासीका विभिन्न स्थानमा छलफल तथा जनगुनासो सुन्ने कार्यक्रम रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेशसभा (१) का सभापति दीपक भुसालले बताए ।अभियान भोलि रुपन्देहीबाट यात्रा सुरु गरेर कपिलवस्तु, दाङ र बाँके जिल्लासम्म पुग्ने छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356