विराट गोल्डकप सहिद मैदानमा हुने उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लबको सामना गर्ने छ

Logo
Red FM बुधबार, चैत्र १४, २०८०
विराटनगरको सहिद मैदानमा हुने उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लबको सामना गर्ने छ । विसं २०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६८ सालदेखि विराट गोल्डकपमा रुपान्तरण भएको हो । चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेश ३ सहित १० टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार पुरस्कार पाउने छ ।
सातौं संस्करणमा विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाएका थिए । आर्थिक अभावका कारण पुरस्कार राशिमा कटौती गरिएको गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए । प्रतियोगिता यसपाली ट्रष्ट आफैले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356