दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमी

Logo
Red FM बुधबार, चैत्र १४, २०८०

विराटनगर— सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले (१०.८३ अंक) घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ०.५३ प्रतिशतले घटेर २ हजार ३०.८६ अंकमा ओर्लेको हो । मंगलबार नेप्से करिब १० अंकले बढे पनि त्यो वृद्धि बुधबारसम्म पनि टिकेन ।

बुधबार कारोबारमा आएकामध्ये ५१ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८८ कम्पनीको घट्यो, बाँकी ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

करिब ४४ हजार २ सय ४९ वटा कारोबारबाट ६९ लाख ४७ हजार २१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । मंगलबार सेयर बजारमा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356