आईपीएल २०२४ : दोस्रो जितसँगै चेन्नाइ शीर्षमा

Logo
Red FM बुधबार, चैत्र १४, २०८०

चेन्नाइ — चेन्नाइ सुपर किंग्सले आईपीएल २०२४ मा लगातार दोस्रो जित निकाल्नै सुरुआती अंक तालिकाको शीर्ष स्थानमा रह्यो । यसका लागि उसले मंगलबार भएको खेलमा गुजरात टाइटन्सलाई सजिलै ६४ रनले पराजित गरेको हो ।

जितले डिफेन्डिङ च्याम्पियन चेन्नाइको दुई खेलबाट चार अंक भएको छ । चेन्नाइले घरेलु मैदानमा भएको खेलमा शिभम दुवेको ५१ रनको मद्दतले छ विकेटमा २ सय ६ रन बनायो । त्यसमा दुवेले २३ बलको सामना गरेर दुई चौका र पाँच छक्का प्रहार गरे ।

जवाफमा नियमित अन्तरमा विकेट गुमाएको गुजरातले आठ विकेटमा १ सय ४३ रन मात्रै बनाउन सक्यो । साइ सुदर्शनको ३७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356