कार्गो जहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

Logo
Red FM मंगलबार, चैत्र १३, २०८०

विराटनगर—कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो ‘फ्रान्सिस स्कट की’ पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

कम्तीमा ७ वटा गाडी नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । युट्युबमा पोस्ट गरिएको लाइभ भिडियोमा जहाजले पुललाई ठक्कर दिएको देखिन्छ । त्यसपछि पुलका केही स्पानहरू भत्किएका छन् ।

बाल्टिमोर सिटी फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै सीएनएनले २० जनाको खोजी भइरहेको जनाएको छ । घटनापछि मेरिल्यान्डका गभर्नर वेस मुरले राज्यमा आपत्काल घोषणा गरेका छन् । अहिले नदीमा हराइरहेका व्यक्तिको खोजीका लागि गोताखार परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356