गुजरातले मुम्बईलाई ६ रनले हरायो

Logo
Red FM सोमबार, चैत्र १२, २०८०

विराटनगर —गुजरात टाइटन्सले शनिबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको छ । रोहित शर्माको स्थानमा हार्द्धिक पान्ड्या विवादास्पद रूपमा मुम्बईको कप्तानमा नियुक्त भएयता यो हार बेहोरेको हो ।

जितका लागि १ सय ६९ रन पछ्याइरहेको मुम्बईका लागि शर्मा र डेवाल्ड ब्रेभिसले तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गर्दै बलियो स्थिति बनाए । त्यसमा शर्माले ४३ र ब्रेभिसले ४६ रन जोडे ।

तर गुजराती बलर हाबी हुँदै मुम्बईलाई नौ विकेटमा १ सय ६२ रनमै सीमित पार्न सफल रह्यो । त्यस अगाडि गुजरातले ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । त्यसमा साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356