गृहमन्त्री लामिछानेको निर्देशन दुर्गा प्रसाईलाई पक्राउ गर्न ।

Logo
Red FM आइतबार, चैत्र ११, २०८०

विराटनगर -‘विवादास्पद व्यापारी दुर्गा प्रसाईलाई पक्राउ गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

लाइसेन्स प्राप्त हतियार बोकेर आतंक मच्चाउँदै हिँडेको घटनामा प्रसाईलाई पक्राउ गरेर अनुसन्धान हुन लागेको हो । गत ५ चैतमा प्रहरीले उनका बडीगार्डहरू दिपक खड्का र राजकुमार धिताललाई स्वचालित हतियार र एक सय राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतको गेटमा उनीहरू पक्राउ परेका थिए । हतियार बोकेर अनावश्यक दबाब दिन खोजेको प्रहरी निष्कर्ष छ । सो हतियार प्रसाईको नाममा दर्ता छ ।जस कारण उनलाई पनि प्रतिवादी बनाउनुपर्ने प्रहरीले ब्रिफिङ गरेपछि गृहमन्त्री लामिछानेले पक्राउ गर्न निर्देशन दिएको गृह मन्त्रालय स्रोत बताउँछ।आफूमाथि अनुसन्धान हुने चाल पाएपछि प्रसाई भने सम्पर्कविहीन बनेको स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356