विश्वकप एसियाली छनोट : नेपालमाथि बहराइनको ५ गोल

Logo
Red FM शुक्रबार, चैत्र ०९, २०८०

विराटनगर — विश्वकप एसियाली छनोट दोस्रो चरणको बिहीबार राति भएको खेलमा नेपाल बहराइनको हातबाट ५–० ले पराजित भएको छ । समूह ‘एच’ को खेलमा नेपालको यो लगातार तेस्रो हार हो ।

अब नेपालले मंगलबार हुने खेलमा फेरि बहराइनकै सामना गर्नेछ । बहराइनको राफास्थित नेसनल स्टेडियममा भएको खेल प्राविधिक रूपमा नेपालको ‘होम म्याच’ थियो ।

विश्वकप छनोटको खेल आयोजना दशरथ रंगशाला अयोग्य घोषित भएपछि यो खेल उतै सरेको हो । बहराइनको यस जितमा महदी हुमाइदान, सायद बकेर, अलि मादन, इब्राहिम अल खतल र इस्माइल अब्दुल लतिफले गोल गरे । बहराइन पहिलो हाफमै तीन गोलले अगाडि रहेको थियो ।

यसअघि यसै समूहको अर्को खेलमा यूएईले यमनलाई २–१ ले हरायो । यूएईको यो लगातार तेस्रो जित हो र तीन खेलबाट नौ अंकसहित समूहको शीर्षमा रहेको छ । बहराइन छ अंकमा दोस्रो स्थानमा रह्यो । यमनको भने तीन अंक मात्रै छ । नेपाल भने शून्य अंकसहित पुछारमा छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356