सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

Logo
Red FM बुधबार, चैत्र ०७, २०८०

विराटनगर — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले दिएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा दाहालले सांसदहरूले संसद्को बैठकमा उठाएका प्रश्नको जवाफ दिने र सुझाव कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न उनले निर्देशन दिएका हुन् ।‘प्रतिवेदनका सम्बन्धमा माननीय सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचारसमेतका आधारमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु,’ अध्यक्ष दाहालले भने ।

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्न र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको जवाफपछि अध्यक्षले निर्देशन दिएका हुन्

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356