![Logo](https://www.redfm.com.np/wp-content/uploads/2023/10/redfmlogo.gif)
![](https://www.redfm.com.np/wp-content/uploads/2024/03/hp-death-5a68471f0a7ce525840075-bebj0pmbc1-1jpg8uwelucpe-1.jpg)
विराटनगर —२९ फाल्गुन २०८०, मङ्गलबार
जनकपुरधामको रामानन्द चोकस्थित सिटी स्टार फैमली होटेलमा युवकसँग बसेकी एक युवतीको मृत्यु भएको छ
मृतक सुनारसँग होटलमा बसेका युवकको पहिचान खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए । उनले भने, ‘मृत्यु कसरी भयो त्यो भन्न सक्दिन । शरीरमा घाउ चोटपटक देखिएको छैन ।’
स्रोतका अनुसार युवतीसँग बसेका युवकसँगै थप दुई युवक पनि पुगेका थिए । सामूहिक बलात्कारका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान छ ।
होटलमा एक युवकसँग बसेकी पोखराकी ३० वर्षीया युवतीको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार होटलमा बिहान ८ः१५ बजे उनी अचेत अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि प्रादेशिक अस्पताल लगिएकोमा ८:३० बजे मृत्यु भयो ।