विराटनगर—नयाँ गठबन्धन बनेपछि नारायणकाजी श्रेष्ठ गृहबाट स्थानान्तर भएर परराष्ट्र मन्त्रालयमा आइपुगेका छन् । उपप्रधानमन्त्री श्रेप्ठ २०६८ सालमा पहिलोपटक परराष्ट्रमन्त्री बनेका थिए । १२ वर्षपछि उही मन्त्रालयमा जिम्मेवारी सम्हाल्न आउँदा विगतकै जस्ता चुनौती यथावत् छन् ।नेपाल मामिलामा दुई छिमेकीहरु उत्तर र दक्षिण तथा अमेरिकी नेतृत्वमा रहेको पश्चिमा जगतलाई विश्वासकासाथ मिलाएर सहकार्य गर्ने नै उनको पहिलो प्राथमिकता हुनेछ ।