प्रदेशस्तरीय हाजिर जवाफमा प्रथम विद्यार्थीहलाई शिक्षादिप कलेजद्वारा सम्मान

Logo
Red FM आइतबार, फाल्गुण २०, २०८०

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

पिईए काठमाडौंद्वारा मनमोहन कलेजमा आयोजित छनौट चरणको हाजिरी जवाफ प्रतियोगितामा प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल आफ्ना ४ जना विद्यार्थीहरुलाई कलेजले नगद सहितसम्मान गरेको हो ।

मोरङ र सुनसरीका कुल ३४ टीममध्ये उत्कृष्ट प्रर्दशन गरेर उक्त स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई कलेजका प्रधानाध्यापक ज्ञानबहादुर खड्का र को–अर्डिनेटर नवीन कुमार रायले नगदसहित सम्मान गरेका हुन् । कलेज प्राङ्गणमा आईतबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै कलेजका प्रधानाध्यापक ज्ञानबहादुर खड्काले विद्यार्थीहरुभित्र भएको क्षमताले समग्र कलेजलाई नै गौरवान्वित तुल्याएको बताए ।

प्रतियोगितामा प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल विनय प्याकुरेल र अनमोल अधिकारी तथा प्रशान्त कार्की र निश्चल आचार्यको टीमलाई कलेजले ५/५ हजार नगद पुरस्कारसहित सम्मान गरेको हो । पिइएले भने मोेरङको बुढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबार कोशी प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा कुल २/२ जना दरले कुल ३२ वटा टीमको सहभागिता रहेको थियो । जसमा विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरुको दुई टीम हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल भएको थियो।

शनिबार सम्पन्न प्रतियोगिताका दुवै विजेता टीमलाई आयोजक पिईएले क्रमशः रु. १० हजार र ५ हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्रका साथ पुरस्कृत गरिसकेको छ । पहिलो र दोस्रो स्थान प्राप्त गरेका टीमका विद्यार्थीहरुलाई आयोजकले काठमाडौंस्थित हिमालयन व्हाइट हाउस इन्टरनेशनल कलेजमा पूर्ण छात्रवृत्तिमा स्नातक अध्ययन गर्न पाउने अवसर समेत प्रदान गरेको छ ।

शनिबार सम्पन्न प्रतियोगिताबाट छनौटमा परेका विद्यार्थीहरुले भने आगामी अब जेठमा हुने अन्तर–प्रदेशस्तरीय फाईनल चरणको हाजिरी जवाफमा सहभागी हुन पाउने बताईएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356