विराटनगर । विराटनगरको सीमावर्ती जोगबनीबाट दिल्लीसम्म जाने रेलले किचेर विराटनगर एक युवकको मृत्यु भएको छ । बुधबार राति जोगबनी–कटिहर रेल्वे खण्डमा रेलले किचेर विराटनगर–१६ का २१ वर्षीय आँशु मण्डलको मृत्यु भएको हो ।
जोगबनीबाट दिल्ली जाने आनन्द बिहार एक्स्प्रेसले किचेर मण्डलको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । बुधवार राती सिमञ्चल एक्स्प्रेस आनन्द बिहारबाट दिल्ली जान हिडेका मण्डलको सोहीले ट्रेनले कटीहार रेल खण्डमा किचेर मृत्यु भएको जनाइएको छ ।
मृतक मण्डल रोजगारीको लागि नेपालबाट भारतको दिल्ली जान लागेको खुलेको छ । मृतकको शव पोष्टमार्टम पश्चात उनको परिवारलाई जिम्मा लगाइने रेल्वे फारविसगञ्जले जनाएको छ ।