थारु बाहुल्यता भएको हाम्रो यस पालिकालाई हामीले देशभरि नै हाम्रो जातिय पहिचान र सस्कृतिको आधारमा प्रचार प्रसार गरेर चिनाउने कोसिसमा दिनरात खटिरहेका छौ तर केहि स्थानिय नेता तथा आफुलाई समाजसेवी बताउने व्यक्तिहरुको मिलेमतोमा देशका बिभिन्न स्थानबाट दर्जनौ जुवाडेहरु हाम्रो ग्रामथान गाउँपालिकामा आएर जुवाको ठुलो खेल गराई समग्र गाउँपालिकाको नै बदनाम गराएको शेखर बिश्वाशले बताए।
बिशेष गरि ग्रामथान गाउँपालिका वडा न ३,४,५ मा अत्याधिक मात्रामा जुवाको खेल हुने गरेको स्थानिय राम नारायण खा थारुले बताए। उनले भने हवाईजहाज चढेर भी आई पी हरु जुवा खेल्न आउछन् यस बिषयमा कसैले आवाज उठाए सुरुमा पैसाको प्रलोभन दिएर फ़काउछन्न मानेन भने विभिन्न प्रकारको धम्कि आउने गरेको उनले बताए। यसरि जुवा खेलाई राख्दा स्थानिय पालिका मौन छन् हामीले पटक पटक यस बिषयमा आवाज उठायौ तर हाम्रो आवाजलाई दबाउन खोजियो थारुले भने।
खेतको बिचमा पंखा लगाएर बत्ति बालेर पुरै सुविधाका साथ् जुवा खेलाउने गरेको स्थानीय नमो नारायण माझि बताउछन्। यस बिषयमा सम्बन्धित निकायमा पटक पटक हामीले उजुरी गर्यौ तर सबै निकाय मौन भएको देख्दा दुख लागेको माझिले बताए। यो समस्या हाम्रो मात्र होईन जुवाले गर्दा कयौको घरबार बिकेको छ। धेरै जनाको टाट पल्टेको छ यस बिषयमा सम्बन्धित निकायले एक्सन लिन जरुरि भएको माझि बताउछन्।
Post a Comment