ऐतिहासिक बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन।
प्रगतिशील युवा उमेदवारको टिम रहेको कारण जित निश्चित छ।
बुढानिलकण्ठ -२ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ११ को अध्यक्षमा रेवत राज तिमल्सिनाले उम्मेद्वारी दर्ता गराएका छन।
त्यस्तै वडा नं ११ को खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका हरिभक्त गिरि र विश्वमवर खड्काले उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्य पदमा सुमिरा भण्डारी उम्मेदवार बनेकी छन।सो वडाको दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी पार्वती परियार उम्मेदवार बनेकी छन।
Post a Comment